+
+

सुर्खेतमा आइतबारबाट विद्यालय खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १९:२६
प्रतीकात्मक तस्वीर

१८ भदौ, सुर्खेत । आइतबारदेखि सुर्खेतका सामुदायिक तथा निजी विद्यालय खुल्ने भएका छन् । शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले कोरोना महामारीका कारण कारण लामो समयदेखि बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोनाको जोखिम नरहेका क्षेत्रमा भदौ २२ गतेदेखि र अन्य ठाउँमा २६ गतेसम्ममा विद्यालय खोल्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘नगरको शिक्षा विकास तथा समन्वय इकाईको निर्देशन अनुसार विद्यालयहरु खुल्नेछन् । २६ गतेभित्र जिल्लाका सबै विद्यालय खोल्ने निर्णय भएको छ,’ प्रजिअ रिजालले भने ।

विद्यालय खोल्दा तोकिएका स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नुपर्ने उनले बताए । विद्यालय सुरक्षा मापदण्ड पालन गरे–नगरेको अनुगमनका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाले विशेष समिति समेत बनाउनेछ । उक्त समितिमा पालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सनका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’मा परेको र त्यहाँ भौतिक रुपमा विद्यालय खुलाउन सकिनेछ ।

प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’मा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका ‘एल्लोजोन’मा छन् । वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’ मा परेपनि जोखिम उठाएर विद्यालय खुलाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?