+
+

मीनभवन क्याम्पस अगाडि गृहमन्त्रीको पुत्ला दहन

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ भदौ २१ गते १६:२५

२१ भदौ, काठमाडौं । माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ ।

दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको विरोधमा अनेरास्ववियूले गृह मन्त्रीको पुत्ला जलाएको हो ।

अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर गृहमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको हो । अनेरास्ववियूले दार्चुला घटनाको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको थियो ।

तर गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर छिमेकी देशको प्रधानमन्त्रीविरुद्ध प्रदर्शन नगर्न चेतावनी दिएको थियो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?