+
+

स्पन्ज आइरन र विलेटको फरक भन्सारदर कायम गरेकोमा स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १४:५९

२८ भदौ, काठमाडौं । नेपाल स्टिल विलेट उत्पादक संघले नेपाल सरकारले ल्याएको बजेटमा स्पन्ज आइरन र तयारी स्टिल विलेटको भन्सारदरमा हाल ४.७५ प्रतिशत भिन्न्ता कायम गरेकोमा भन्दै निर्णयको स्वागत गरेको छ ।

विगत ३ वर्ष देखि स्टिल विलेट उत्पादकहरुले स्पन्ज आइरन र तयारी विलेटको भन्सार दरमा कम्तिमा १० प्रतिशतको भिन्नता कायम गरिदिन माग गर्दै आएकोमा हाल उपरोक्त माग आशिक रुपमा संवोधन भएको संघले जनाएको छ । आगामी दिनमा सो भिन्नता १० प्रतिशतभन्दा बढी कायम हुने विश्वास संघले जनाएको छ ।

केही फलामे छड उत्पाददकहरुले नेपाल स्टिल रोलीङ्ग मिल्स् एसोसियनको नाममा उल्लेखित निर्णयको विरोधको नाममा गलत ब्याख्या गरी भ्रम फैलाउने काम गरेको संघको आरोप छ ।

संघले यस विषयमा निम्नअनुसार १२ बुँदे स्पटीकरण दिएको  छ।

१) हाल देशमा ९ वटा स्टिल बिलेट उत्पादन गर्ने उद्योगहरु सञ्चालित रहेका र ३ वटा थप उद्योगहरु स्थापनारत  छन् । स्पन्ज आइरनबाट बिलेट उत्पादन गर्नेहरुको हालको उत्पादन क्षमताले डण्डी उत्पादनको ६० प्रतिशत मात्र धान्ने र यस्ता नयाँ उद्योग लगाउन भैरहेको रोलिङ्ग मिललाई बढीमा ९ महिना लाग्ने हुन्छ ।

२) स्पन्ज आइरन बाट विलेट बनाउने भनेको चुनढुङ्गाबाट किलंकर बनाउने जस्तो प्रकृया रहेको, यसबाट देशभित्रै बिलेट उत्पादन भई विलेट आयात प्रतिस्थापन हुनेछ ।

३)  हाल विलेटमा रु. २.५० प्रति केजी अन्तशुल्क लागेको र फलामे छड -डण्डी) उत्पादनमा पहिलेको रु. १.६५ प्रति केजी घटाउँदा कुल मूल्य फरक रु. ०.८५ (प्रति केजी पचासी पैसा) मात्र बृद्धि भएको छ । यस्तै बंगलादेश, पाकिस्तान लगायतका सार्क देशहरुमा समेत विलेट तथा स्पंज आइरनको आयात भंसार दरमा कम्तिमा १० प्रतिशतदेखि बढीमा ३२ प्रतिशतसम्मको भिन्नता कायम रहेकोले समेत यो भिन्नता थप बढाई कम्तिमा १० प्रतिशत कायम गर्नु उपयुक्त हुन्छ ।

४) स्पंज आइरन भन्नाले कच्चा फलाम भएको र स्ट्ील विलेट भन्नाले तयारी फलाम भएकोले दुवै कच्चा पदार्थ नभएको र ठूलो भिन्नता रहेको छ । विश्व ब्यापार संगठनको परिभाषाले समेत स्पन्ज आइरन पिग आइरन, आइरन अर भन्नाले आयरन र्फममा रहेका कच्चा फलामलाई बुझाउछ भन्ने स्टिल भन्नाले १६०० डिगि्र सेल्सियस तापक्रम पछिको पक्का फलाम भन्ने बुझिन्छ ।

५) स्पन्ज आयरन बाट विलेट उत्पादन गर्ने उद्योगहरु समेत देशभित्रकै उद्योग रहेका र हाल आयात हुने विलेट समेत भारतमा यसैबाट वन्ने भएकोले गुणस्तरमा कुनै भिन्नता नहुने जानकारी गराउँछौं । यसबाट उत्पादीत विलेटको गुणस्तर र आयातित बिलेट -जुन स्पन्ज आयरनबाट नै बन्दछ) को गुणस्तरमा फरक हुने हास्यापद तर्क पेश गरिएको छ ।

६) हाल नेपालमा उत्पादीत बिलेटबाट नै ५०० डी डण्डी उत्पादन भैरहेको र उल्टो स्पंज आइरनबाट विलेट उत्पादन गर्दा विलेटको गुणस्तर वृद्धि गर्ने एलआरएफ जस्ता प्रविधि समेत नेपालमा आइसकेको जानकारी गराउँछौं ।

७) पत्रु पगालेर डण्डी उत्पादन गर्दा हुने पर्यावरणको लागी नयाँ उद्योगले ईआईए समेत गराएका तथा धुँवा नियन्त्रणको लागि अत्याधुनिक ईएसपी प्रविधी जडान भएका उद्योगहरु नै चलेका हुन । चीन र भारतमा यस्तो प्रविधिको प्रचलनबाट नै ८० प्रतिशत डण्डी उत्पादन भैरहेको जानकारी गराउँछौं ।

८) स्पंज आयरनबाट विलेट बनाउदा यो प्रकृयाबाट थप कम्तिमा २०००० रोजगारी बढने र विद्युत खपत ३०० देखि ५०० मेवा.ले बढ्न जाने हुन्छ । उद्योग संचालन गर्ने ५ प्रतिशत मात्र माथिल्लो तहका भारतीय नागरीकको आवश्यक्ता पर्ने हुन्छ । साथै यो ब्यवस्थाले आयात प्रतिस्थापन भई कम्तिमा वाषिर्क ४० अर्व बैदेशिक मुद्राको वचत हुनेछ । फर्नेश आयल आयात समेत वाषिर्क २ अर्वले घट्ने छ ।

९) क्लिंकर उत्पादन बढन थालेपछि थप लगानीको क्षेत्र खुले जस्तै यो ब्यवस्थाले थप लगानीको बाटो खोल्ने र बैक तथा वित्तीय सस्थालाई समेत औद्योगिक क्षेत्रमा लगानी बढ्ने छ ।

१०) यस अध्यादेशले गर्दा हाल संचालीत ९ वटा र ६ महिनाभित्र उत्पादन हुने थप ३ वटा उद्योगलाई बाँच्न सक्ने वातावरण तयार भएको छ । हाल सञ्चालित रोलिङ्ग मिलले समेत विलेट उत्पादन  प्रकृयामा लागेमा ६ देखि ९ महिनामा विलेट उत्पादन गर्न सक्नेछन् ।

११) यस सम्वन्धमा विगत ३ वर्षदेखिको माग रहेको र यो निर्णय धैरै ढिलो भएको छ र आशिंक सम्वोधन भएको छ । आगामी बजेटमा यो भिन्नता कम्तिमा १० प्रतिशत कायम गरिदिन नेपाल सरकार संग यस संघको माग रहेको छ  ।

१२) आयातित सामानको भन्सार छुटाउने कार्य संघका सदस्यहरुले गर्दै आएका र आवश्यक्ता अनुसार फलामे छड बिक्री वितरण कार्य सूचारु रहेको अवगत गराउँछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?