+
+

करिनाले १२ करोड पारिश्रमिक मागेको ‘सीता’मा कंगना फाइनल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १३:४६

नायिका करिना कपुरले १२ करोड पारिश्रमिक मागेपछि चलचित्र ‘सीता’को चर्चा चुलियो । यो चलचित्र ‘रामायण’मा आधारित रहेर बनाउने तयारी गरिएको छ । तर, करिनालाई चलचित्रको शिर्ष भूमिकाका लागि निर्माणपक्षले अफर गर्दा उनले महंगो रकम माग गरिन् । यसपछि, यो चलचित्रको निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि कुरा अगाडि बढाएको थियो ।

यसैविच, चलचित्रका लागि नायिका कंगना रनोट फाइनल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रका निर्देशक अलौकिक देसाइले यो खबरको पुष्टी गरेका छन् । उनले, सामाजिक संजालमा कंगनासँगको तस्वीर पोष्ट गरेका छन् ।

अलौकिकले लेखेका छन्–‘सीता आरम्भ, ब्रम्हाण्ड ती मानिसहरुको मद्दत गर्छन् जो विश्वासको साथमा समर्पित हुन्छन् । म सीताको भूमिकाका लागि कंगनालाई काम गराउन पाउँदा उत्साहित छु । यो पवित्र यात्राले हाम्रो पौराणिक कथालाई हेर्ने तरिका नै बदल्नेछ ।’

कंगनाले वास्तविक भारतीय महिलाहरुको भावनालाई प्रतिनिधित्व गर्ने निर्माणपक्षको भनाई छ । चलचित्रका लागि फाइनल भएपछि कंगनाकी बहिनी रंगोलीले १३ बर्षको उमेरमा कंगनाले सीताको भूमिका निर्वाह गरेको तस्वीर पोष्ट गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?