+
+

सीके राउतको जनमत पार्टीको निर्णय : केन्द्रीय सदस्यहरुले जागिर छाड्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते २०:१९

३१ भदौ, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्यहरुले आफूले गरिरहेको जागिरबाट राजीनामा दिनुपर्ने भएको छ । जनकपुरधाममा बसेको केन्द्रीय समितिको बैठकले आगामी असोज २१ गतेभित्र केन्द्रीय सदस्यहरुले आफ्नो जागिरबाट राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।

उक्त समयसम्म नसके आगामी निर्वाचनसम्म जागिरबाट बिदा लिई आफ्नो जिल्ला वा केन्द्रीय सचिवालयको निर्देशन अनुसार फिल्डमा काम गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले बहालबाला कोषाध्यक्षलाई अन्य जिम्मेवारीमा मनोनित गर्न स्थायी समितिलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । २०७८ साल चैतमा स्थानीय तहको निर्वाचन हुने सम्भावना भएकाले जिल्ला कार्यकारिणी समितिहरुको पदावधि ६ महिना थप गरिने जनमत पार्टीले निर्णय गरेको छ ।

ब्ल्याकमेल गरिए राजीनामा मानिने

बैठकले पार्टीमा कुनै पनि किसिमले ब्ल्याकमेल नगर्न कडाइ गरेको छ । पार्टीसँग ब्ल्याकमेल गर्न वा बदनाम गर्ने नियतले सार्वजनिक रुपले पार्टीबाट राजीनामा दिने धम्की दिए त्यसलाई राजीनामा सरह मानिने निर्णय गरेको छ । त्यस्ता सदस्यलाई भविष्यमा कुनै महत्वपूर्ण जिम्मेवारीको पद वा सांगठनिक लाभ लिन नसक्ने गरी कालोसूचीमा राख्ने बैठकको निर्णय छ ।

बैठकले रुपन्देहीकी निलम पासवान, कपिलवस्तुकी निशा हरिजन र धनुषाकी रेखाकुमारी मण्डललाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

असोज ३ मा कालो दिवस मनाइने

बैठकले संविधान दिवसको दिन असोज ३ लाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ । बैठकपछि अध्यक्ष डा. राउतले जारी गरेको विज्ञप्तिमा मधेश आन्दोलनमा मारिएका शहीदहरुको श्रद्धाञ्जलीसहित उपयुक्त कार्यक्रम गरी असोज ३ गते कालो दिवस तथा मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवसलाई यस वर्ष पनि निरन्तरता दिइने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?