+
+

सुआरेजको दुई गोलमा एट्लेटिकोको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते ७:५४

६ असोज, काठमाडौं । लुइस सुआरेजले दुई गोल गरेपछि स्पानिस ला लिगामा साविक विजेता एट्लेटिको मड्रिडले गेटाफेलाई २-१ ले पराजित गरेको छ ।

गेटाफेको मैदानमा भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।

घरेलु मैदानमा खेलको ४५औं मिनेटमा स्टेफान मित्रोभिकले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा सुआरेजले दुई गोल फर्काए ।

चार्ल्स एलेना ७४औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि गेटाफे १० खेलाडीमा समेटियो । यसको फाइदा एट्लेटिकोले लियो । ७८औं मिनेटमा सुआरेजले बराबरी गोल फर्काए ।

यस्तै अन्तिम मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिकोले पुनारगमन जित हात पारेको हो ।

जितपछि ६ खेलबाट १४ अंक जोड्दै एट्लेटिको अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको रियल मड्रिड १३ अंकसहित दोस्रो स्थानमा छ ।

लगातार ६ खेलमा पराजित गेटाफे भने अंकविहीन हुँदै १९औं स्थानमा छ । ला लिगाकै अर्को खेलमा राभो भालेकाले एथ्लेटिक विल्वाओलाई २-१ ले पराजित गरेको छ ।

रायोको जितमा राडेमेल फाल्काओले इन्जुरी टाइममा निर्णायक गोल गरे । अर्को खेलमा सेल्टाभिगोले लेभान्टेलाई २-० ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?