+
+

एक दशकपछि गायनमा फर्किए निमा रुम्बा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १२:२५

एक दशक अगाडि नेपाली सांगीतिक बजारमा गायक निमा रुम्बाको क्रेज गज्जबको थियो । निमाको गीत र उनको गायन शैलीले आम श्रोतालाई भुतुक्कै बनाउथ्यो । सन् १९९१ बाट गायन यात्रा सुरु गरेका रुम्बाले सन् १९९४ मा ‘सुन सुन’ एल्बम सार्वजनिक गरेका थिए । उनलाई स्थापित गरेको गीत भने ‘मिस क्याटवाक’ हो । यसपछि उनले सन् २००० मा ‘हुरी बतास’, सन् २००२ मा ‘लोलिता’, सन् २००६ मा ‘प्राइड’, सन् २०११ मा ‘रंगाउ कि म’ एल्बम सार्वजनिक गरेका थिए । यसपछि भने नेपाली गायन क्षेत्रबाट निमा टाढा जस्तै थिए ।

उनै, रुम्बा एक दशकपछि दर्शकमाझ ‘पागल प्रेमी २, क्रेजी लभर’ गीतका साथ दर्शकमाझ आएका छन् । यो गीतमा निमाको शब्द, संगीत छ । निमाले आर एण्ड बी र्याप शैलीको समिश्रण रहेको ‘पागल प्रेमी (मायालु तिमी भनिदेउ) वि.सं २०५० सालमा सार्वजनिक गरेका थिए । यो उनको अलटाइम हिट गीत मानिन्छ । निमाको सार्वजनिक नयाँ गीत ‘क्रेजी लभर’को एरेन्ज भने सन् २०७० सालमा स्वर्गिय सुनिल बर्देवासँग मिलेर सुरु गरिएको थियो । सुनिलको निधनसँगै यो गीत निमा र सुनिलको सहकार्यमा रहेको अन्तिम गीत बन्न पुग्यो । यो पप, इडिएम, डिस्को र आर एण्ड बी शैलीको फ्यूजन गीत हो ।

निमाले यो गीतको भिडियो अमेरिकामा नै निर्माण गरेका हुन् । यो गीतको भिडियोमा मिस यूनिभर्स नेपाल २०२१ कि विजेता अंशिका शर्मा र मोडल उत्सव सिंहको अभिनय छ । यो भिडियोमा अन्डरकभर मिसनमा रहेका जासुसको कथा समेटिएको छ । आशिष श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन् ।

आशिषकै सम्पादन र पटकथा रहेको भिडियो हलिउड स्तरको रहेको भन्दै गायक रुम्बाले खुशी व्यक्त गरे । निर्देशक श्रेष्ठले निमाको विरासतलाई कायम राख्न यो गीतले मद्दत गरोस् भन्ने सोचाईका साथ भिडियो तयार गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?