+
+

प्रकाश सपूतलाई प्रश्न : आफ्नो र अरुको गीतमा अभिनय गर्दा विभेद गर्नुहुन्छ हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते २१:५०

गायक तथा मोडल प्रकाश सपूतले जब आफ्नो सिर्जना ल्याउँछन् बजारमा राम्रो चर्चा पाउँछ । उनका गीतमा स्रोता एवं दर्शकले नयाँ–नयाँ प्रयोगको स्वाद पाउँछन् । त्यसैले उनका गीतलाई स्रोता–दर्शकले खास रुपमा हेर्छन् ।

तर, प्रकाशको स्वर तथा अभिनय रहेका एकपछि अर्को गीतहरु युट्युबमा सार्वजनिक भैरहेका हुन्छन् । ती गीतहरुको चर्चा भने खासै भएको पाइँदैन् । त्यसैले उनीमाथी बेलाबेला प्रश्न उठ्ने गरेको छ,– प्रकाश आफ्ना गीतमा जति मिहिनेत अरुकोमा गर्दैनन् ।

बुधबार रोयल पेन्टस्को ब्राण्ड एम्बेसडर नियुक्त भएका प्रकाशलाई मिडियाकर्मीले सोही प्रश्न सोझाए । सो कार्यक्रममा प्रकाशलाई तपाइले पैसाका लागि आफ्ना र अरुको गीतको विभेद गर्नुहुन्छ हो भन्ने प्रश्न मिडियाकर्मीले सोधेका थिए । प्रकाशले भने पैसाको लागि मात्र भिडियो खेल्ने नगरेको र अभिनयमा पनि विभेद नरहेको बताए ।

‘पहिलेदेखि व्यवसायिक हिसावले मोडलिङ गरिरहेको छु । सिर्जना र गायनमा बढी रुचि भएकाले व्यवसायिक हिसावमा त्यसमा अलि सफल भएँ’ प्रकाशले भने, ‘मेरो करिअरमा मैले सिर्जना र गाएका भन्दा मोडलिङ गरेका भिडियोहरु २ सय भन्दा बढी छन् । त्यसैले पछिल्लो समयमा मानिसले अलि बढी चिनेपछि त्यस्तो लागेको हुनसक्छ ।’

व्यवसायिक मोडल पनि भएको हुनाले धेरै कुराले भिडियोहरु गर्नुपर्ने प्रकाशको धारणा थियो । उनले अगाडि भने, ‘गीतहरु आईरहेको हुन्छ । कहिलेकाही साथीभाईका लागि गर्नुपर्ने हुन्छ । कहिलेकाही आफ्नो क्षेत्रका लागि गर्नुपर्ने हुन्छ । पैसा पनि कतै न कतै त जोेडिन्छ नै ।’

प्रकाशलाई रोयल पेन्ट्सले दुई वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो । बुधबार राजधानीमा आयोजित कार्यक्रममा रोयल पेन्ट्सका प्रमुख प्रवेश भण्डारी र प्रकाशले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर पश्चात प्रकाशले ब्राण्डसँग आवद्ध भएर काम गर्ने आफ्नो सानैदेखिको रहर पुरा भएको बताए । सोही कार्यक्रममा दशैं तिहार लक्षित गीत ‘खुशी बाँडे बढ्छ खुशी’को भिडियो समेत सार्वजनिक गरियो ।

लेखु सहयात्रीको शब्द, संगीत रहेको गीतमा रचना रिमाल र महेन्द्र राज बरालले स्वर दिएका छन् । देबेन्द्र बब्लुको निर्देशनमा बनेको भिडियोमा प्रकाश सपूत, गरिमा शर्मा, रमेश बुढाथोकी, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय छ । गीतले दशैं तिहार आउँदा हुने उमंग र उत्साहलाई अभिब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?