+
+

सिरहाबाट लागूऔषधसहित तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १७:४७

२४ असोज, जनकपुरधाम । सिरहा प्रहरीले लागूऔषधसहित तीनजना युवकलाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका १५ बुधौरास्थित दशगजा क्षेत्रबाट मोटरसाइकलमा सबार तीनजना युवकलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बीआर ३२ एजी ५५११ नम्बरको मोटरसाइकलमा सबार सिरहा नगरपालिका २१ लकडीगोठ बस्ने १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका ९ बस्ने १९ बर्षीय निकित कुमार छन् ।

उनीहरुको साथबाट नाइट्राभेट–१० नामक लागूऔषध ३ सय थान बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?