+
+

बेलायतमा एक सांसदको हत्या, सरकारले भन्यो- आतंककारी घटना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते १०:४०

३० असोज, काठमाडौं । बेलायतमा एक सांसदको हत्या भएको छ । पूर्वी इंगल्याण्डमा सांसद डेभिड एम्सको छुरा प्रहारबाट हत्या भएको हो ।

वेलफेयर मेथोडिस्ट चर्चमा स्थानीयहरुसँग छलफलमा रहेको बेला उनीमाथि छुरा प्रहार भएको थियो । कन्जरभेटिभ सांसद डेभिड एम्स हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार आफ्ना मतदातासँग नियमित अन्तर्क्रिया गर्दथे । सोही अन्तर्क्रियाको क्रममा रहेका बेला उनीमाथि योजनाबद्ध आक्रमण भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जना २५ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

सरकारले यो घटनालाई ‘आतंककारी’को संज्ञा दिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आतंकवादविरुद्ध एकजुट हुनुपर्ने बेला आएको बताउँदै हत्यामा संलग्न व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

बेलायतमा सन् २०१६ मा पनि लेबर पार्टीका एक सांसद जो कोक्सको गोली हानेर हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?