+
+

विश्व बजारमा कोरियन सिरिज ‘स्किवड गेम’ले कसरी मच्चाउँदै छ तहल्का ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १२:२१

यदि ‘स्किवड गेम’ देखेपछि तपाई बालापनमा खेलेको खेलहरु संझिएर खुशी हुनुको सट्टा डराउन थाल्नु भयो भने, यो भिडमा तपाई एक्लै हुनुहुन्न । कोरियाको यो थ्रिलर सिरिज ऋणमा डुबेको एक परिवारको बच्चाले एक खेललाई खतरनाक तरिकाले खेलेर पैसा जितेको कथामा आधारित छ । नेटफ्लिक्समा रिलिज भएको २८ दिनमा यो सिरिजलाई ११ करोड भन्दा बढी प्रयोगकर्ताले हेरिसकेका छन् ।

ब्लूमबर्गको एक रिपोर्ट अनुसार नेटफ्लिक्सले यो सिरिजबाट ९ सय मिलियन डलर आम्दानी हुने अनुमान गरेको छ । यो भन्दा अगाडि ‘ब्रिजस्टोन’ नामक सिरिजलाई सबैभन्दा बढी हेरिएको थियो । कोरियन ड्रामाले यो रेकर्ड तोडेको छ ।

‘स्किवड गेम’ले दर्शकको उल्लेख्य साथ पाउनुको पछाडि, पश्चिमा देशमा केही बर्षदेखि देखिएको ‘कोरियन सभ्यताको सुनामी’को रुपमा हेरिएको छ । के–पपका कलाकार बीटीएस र ब्लेकपिन्क म्युजिक जगतका सर्वाधिक सुनिएको नाम बनिसकेका छन् । यस्तै, ‘पेरासाइट र मिनारी’ले हलिउड चलचित्रको जस्तै पहिचान बनाएर अस्कर अवार्ड प्राप्त गरिसकेका छन् । ‘स्किवड गेम’लाई यही ट्रेन्डको आगामी हिस्सा मानिएको छ ।

झट्ट हेर्दा, यो के–ड्रामालाई एक रातमै यो सफलता मिलेको हो भन्न लाग्न सक्छ । तर, यस्तो होइन । दुनियाभरका दर्शकमाझ यसको जादु विस्तारै चल्न थालेको हो । तर, के–ड्रामा एसियामा दशकौं अगाडिदेखि नै प्रचलित छ ।

९० को दशकमा बजार विस्तार भएसँगै मनोरञ्जन क्षेत्रमा ठूलो पैसा आउन सुरु भएको थियो । जापानको अर्थव्यवस्था कमजोर बन्दै जादा चीनको अर्थव्यवस्था बढ्न सुरु भएको थियो । दक्षिण कोरियाको सभ्यताले पहिचान पाउन थालेको थियो ।

‘विकी र ड्रामा फीवर’ जस्ता स्ट्रिमिङ सर्भिसको सुरुवात भएसँगै पछिल्लो एक दशकमा के–ड्रामा हेर्न सहज हुन थाल्यो । योसँगै के–ड्रामाले नयाँ दर्शक पाउन थाल्यो ।

जब यो प्रचलित हुन थाल्यो, नेटफ्लिक्स र हुलु जस्ता प्लेटफर्मले यस्ता नाटकमा रुची देखाउन थाले । सन् २०१८ मा जब वार्नर दाजुभाईले ड्रामा फीवरलाई बन्द गरे, यसपछि भने नेटफ्लिक्सले लगानी गर्न थाल्यो ।

सन् २०१९ मा सार्वजनिक भएको रोमान्टिक ड्रामा ‘क्रेश ल्यान्डिङ अन यू’ले चर्चा पायो र जापानमा यो सिरिज २२९ दिनसम्म टप १० मा रहन सफल भयो । यो अमेरिकामा मे २१ देखि सन् २०२० को मार्च २७ सम्म सबैभन्दा बढी हेरिएको सिरिजको छैटौ स्थानमा थियो । यसका साथै, चलचित्र ‘पेरासाइट’ दर्शकको मनमा छुट्टै छाप बनाउन सफल भयो ।

यही विचमा, कोरोना महामारी विश्वभर फैलियो । पश्चिमा देशको इन्टरटेन्मेन्ट बजार लगभग बन्द भयो । यो समयमा के–ड्रामाको क्रेज विश्वभर बढ्यो । नेटफ्लिक्सका अनुसार, सन् २०१९ को तुलानामा सन् २०२० मा के–ड्रामा रुचाउने दर्शक चार गुणा बढेका छन् ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?