+
+

धुलिखेल नगरपालिका अन्तराष्ट्रिय संस्था ‘वीगो’को कार्यकारी सदस्यमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १६:२३

२ कार्तिक, काठमाडौं । धुलिखेल नगरपालिका अन्र्तराष्ट्रिय संस्था वल्र्ड स्मार्ट सस्टेनेबल सिटिज अर्गनाईजेसन (वीगो) को पाँचौं साधारण सभाबाट कार्यकारी समिति सदस्य निर्वाचित भएको छ । १७ सदस्यीय शहर कमिटी गठन भएकोमा नेपालको तर्फबाट धुलिखेल नगरपालिका परेको हो ।

सोमबार भएको अनलाईन निर्वाचनमा निर्वाचित भएको धुलिखेल नगरपालिका सन् २०२३ सम्मका लागि सदस्य सहरको रुपमा रहनेछ। स्मार्ट सिटीको दिगो विकासको लागि काम गर्ने संस्थाले कार्यकारी सदस्य शहरहरुलाई आर्थिक, भौतिक, प्राविधिक सहयोग गर्ने गरेको छ ।

संस्थाका सदस्य शहरहरुको विकासमा विशेषगरी आईटी क्षेत्रको माध्यामबाट डिजिटल सहर बनाउनको लागि, शहरको शासन प्रणाली चुस्त बनाउन र बढ्दो शहरीकरणलाई व्यवस्थापनका गर्नको लागि यो संस्थाले काम गर्ने गरेको धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जुले जानकारी दिए ।

धुलिखेल नगरपालिका संस्थाको सदस्य बनेपछि नेपाल जस्तो देशको शहर पनि अन्र्तराष्ट्रिय क्षेत्रमा डिजिटल सिटी बनाउने कुरामा फड्को मार्न सक्ने, जनतालाई छिटो भन्दा छिटो डिजिटल सुविधा दिएर उत्तरदायी र पारदर्शी सरकारको रुपमा स्थापित हुन सघाउ पुर्‍याउने मेयर ब्यान्जुले बताए ।

यस्तै अष्ट्रेलियाको सिड्नी, मेलबर्न, अमेरिकाको लस एन्जलस, क्यानडाको टोरन्टो लगायतका शहरहरु अहिलेको समितिमा रहेको छ । संस्थामा उम्मेद्वार हुनको लागि हुनको लागि विभिन्न मानकहरु रहेको छ । शहर डिजिटल सिस्टममा गईसकेको हुनुपर्ने अन्य ६ भन्दा बढी शहरले समर्थन गर्नुपर्ने लगायतका मानक रहेको छ ।

धुलिखेलले नगरपालिकाको एपबाट नै सूचना दिने, अनलाईन कर तिर्न सक्ने, नगरपालिकाको ६० प्रतिशत क्षेत्रमा सिसि क्यामेरा र वाईफाई फ्रि जोन बनाईसकेको, नगरपालिकाले दिने सेवा सुविधा अनलाईनबाट नै लिन सकिने भएकोले कार्यकारी सदस्यमा निर्वाचित हुन सफल भएको मेयर ब्यान्जुको दाबी छ ।

उनले भने, ‘हामीले विस्तारै पेपरलेस सिटिको रुपमा जाने, विकासको कामहरु प्रविधिसँग जोड्ने र जिरो कार्बन सिटिको रुपमा वातावरणीय उत्पादनको प्रकृयामा जाने योजनामा छौं । हाम्रो योजनालाई संस्थाको सहयोगले मूर्तरुप दिन सघाउ पुर्‍याउने छ।’

संस्थाको साधारण सदस्य विभिन्न देशको १३६ देशको सहरहरु रहेका छन् । कार्यकारी सदस्य हुनको लागि विभिन्न ६ वटा सहरले समर्थन गर्नुपर्नेछ । धुलिखेल नगरपालिकालाई नाईजेरियाको अबुजा, चाईनाको छेङदु, युगान्डाको काम्पाला, मेक्सिकोको मेक्सिको सिटि, रसियाको मस्को कोरियाको सियोल लगायतको सहरले समर्थन गरेको ब्यान्जुले बताए ।

संस्थाका सदस्य शहरहरु जसरी डिजिटल सेवाको विकास भईरहेको छ त्यसैगरी धुलिखेल नगरपालिकालाई लाई पनि विकास गर्ने । जनताको पहुँचमा पुग्ने खालको सुलभ र प्रभावकारी प्रविधिमय शहर बनाएर दिगो आर्थिक समृद्घिको आधार निर्माण गर्ने योजनाका साथ काम गरिरहेको मेयर ब्यान्जुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?