+
+

सुनिल सेट्टीले नेपालमा ६ दिन सुटिङ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते ११:०२

चलचित्र ‘एक्स ९’मा बलिउड नायक सुनिल सेट्टीले काम गर्ने पक्का भएको छ । चलचित्रका निर्देशक मुकुन्द भट्टले बलिउड स्टारसँग चलचित्रका लागि संझौता भैसकेको जानकारी दिएका छन् । सुनिलसँग कुराकानीका लागि केही हप्ता अगाडि मुकुन्द भारत पुगेका थिए ।

यो चलचित्रका लागि सुनिलले १२ दिनको समय दिने मुकुन्दको भनाई छ । मुकुन्दले अनलाइनखबरसँग भने–‘हामीले सुनिल सेट्टीसँग संझौता गरेका छौं । उहाँले हामीलाई १२ दिनको समय दिनुहुनेछ । जसमा ६ दिन नेपालमा छायांकन हुनेछ भने ६ दिन स्कटल्यान्डमा छायांकन हुनेछ ।’

मुकुन्दले नेपाली चलचित्रमा काम गर्न पाउँदा सुनिल उत्साहित भएको बताए । यो चलचित्रलाई महंगो बजेटमा बनाउन लागिएको छ । केहि दिनमै चलचित्रको टिजर सार्वजनिक गर्ने तयारी समेत गरिएको उनको भनाई छ ।

चलचित्रमा नायक अनमोल केसी शिर्ष भूमिकामा देखिदैछन् । साथमा, सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकारको अभिनय चलचित्रमा रहनेछ । चलचित्रमा २ नयाँ नायिका हुने भट्टको भनाई छ । चलचित्र ‘एक्स ९’लाई नेपालकै पहिलो ठूलो एक्सन चलचित्र भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?