+

महिला विश्वकप क्रिकेट छनोटका लागि नेपाली टोलीको घोषणा

२०७८ कात्तिक  १० गते २०:२९ २०७८ कात्तिक १० गते २०:२९
महिला विश्वकप क्रिकेट छनोटका लागि नेपाली टोलीको घोषणा

१० कात्तिक, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ क्यानले बुधबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

क्यानले विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाएको थियो । त्यसबाट १४ सदस्यीय टोली र ४ वैकल्पिक खेलाडी छनोट गरिएको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

छनोट खेल्ने टोलीमा कप्तान रुबिना क्षेत्रीसँगै डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योती पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई छन् ।

सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी वैकल्पिक खेलाडीमा परेका छन् । बन्द प्रशिक्षणमा रहेकामध्ये कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, अनुराधा चौधरी, विन्दु रावल र ईवरी विष्ट भने टिममा पर्न सकेनन् ।

महिला टी-२० विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा हुँदैछ । त्यसैका लागि एसियाली क्षेत्रको छनोट मलेसियामा आगामी नोभेम्बरमा आयोजना हुने तयारी छ ।

छनोट प्रतियोगितामा नेपालसहित मलेसिया, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र युएईले प्रतिस्पर्धा गर्नेछन् ।

क्रिकेट नेपाली महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय