
नायक राजेश हमाल र पल शाह पहिलो पटक एकसाथ चलचित्रको पर्दामा देखिदैछन् । शंकर कार्कीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सत्यम्’ हमाल र शाह एकसाथ देखिन लागेका हुन् ।
यो चलचित्रलाई रेशम सापकोटाले निर्माण गर्दैछन् । चलचित्रको धम्पुसमा वर्कशप सुरु भएसँगै यसका केही तस्वीरहरु सार्वजनिक भएका छन् । चलचित्रमा राजेश र पलको साथमा नायक अनुप विक्रम शाही, नायिका मलिका महत्तको मुख्य भूमिका रहनेछ । चलचित्रमा नायक हमालको अपोजिटमा नायिका निरुता सिंहलाई अफर गरिएतापनि उनले काम गर्ने वा नगर्ने पक्का भएको छैन ।
चलचित्रलाई महंगो बजेटमा तयार गरिने रेशमको भनाई छ । यो चलचित्रका लागि पोखरामा भव्य सेट समेत निर्माण भैरहेको छ । चलचित्रको छायांकन मुस्ताङमा पनि गरिनेछ ।
राजेश र पलले एकसाथ केही म्युजिक भिडियोमा काम गरेपनि चलचित्रमा भने पहिलो पटक सहकार्य गर्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4