
१७ कात्तिक, सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसंगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रुपमा गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री शाहीले पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै बजेट खर्च बढाउने गरी काम गर्न निर्देशन दिएका थिए ।
शाहीले जनतालाई परिवर्तनको अनुभूति दिने गरी काम गर्नसमेत कर्मचारीलाई निर्देशन दिए । उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली विकासका दृष्टिकोणले धेरै पछाडि रहेकाले अरु प्रदेश हिँड्दा कर्णाली दौडनुपर्ने अवस्था रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4