+
+

सनराइज बैंकको लाभांश घोषणा, ६ प्रतिशत बोनस दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १२:४९

२३ कात्तिक, काठमाडौं । सनराइज बैंक लिमिटेडले हालसम्म लाभांश घोषणा गरेका बैंकहरु मध्ये सबैभन्दा कम लाभांश घोषणा गरेको छ । यसअघि कुमारी बैंकले सबैभन्दा कम अर्थात ८.६७ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

सनराइज बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ६.६५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सोमबार बसेको बैंक सञ्चालक समितिका बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ ।

अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?