+
+

धावनमार्ग मर्मत हुने भएपछि सुर्खेतमा हवाई उडान रोकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १८:१८

२ मंसिर, काठमाडौं । धावनमार्ग मर्मत सम्भार गर्नुपर्ने भएपछि आगामी साताबाट सुर्खेत विमानस्थलमा भइरहेको उडान–अवतरण बन्द हुने भएको छ ।

यहाँ काठमाडौंबाट भइरहेका उडान र सुर्खेतबाट पहाडी इलाकामा हुने उडान समेत केही साता बन्द हुने भएको हो । सुर्खेत विमानस्थलको उडान बन्द हुने भएपछि विकल्पमा नेपालगन्ज विमानस्थलमा दैनिक थप एक उडान हुने बुद्ध एयरले जनाएको छ ।

अब नेपालगन्जमा बुद्धले दैनिक ६ वटा उडान गर्ने भएको छ । यात्रुलाई सुर्खेत विमानस्थलको नजिकको विकल्प रोज्न सहज होस भनी नेपालगन्जमा उडान थपेको कम्पनीको भनाई छ ।

सुर्खेत संघीय राजधानी काठमाडौंलाई कर्णालीसँग हवाईमार्गले जोड्ने एक मात्र विमानस्थल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?