+
+

कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते ११:३४

७ मंसिर, सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।

खड्काले मंगलबार खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् ।

पार्टीको केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएको उनले बताएका छन् ।

मतदानस्थलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का ।

निर्वाचन क्षेत्र नम्बर १ बाट २५ जना महाधिवेशन प्रतिनिधिमा पठाउनुपर्नेमा महामन्त्री खड्का सहित ३६ जनाको उम्मेदवारी परेको छ । खड्का लामो समयदेखि प्रतिनिधिसभामा यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छैनन् । निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधित्व गर्ने थानीको क्षेत्रमा करिब ११ सय प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

नेपाली कांग्रसको १४ औ महाधिवेशन अन्तरगत मंगलबार सुर्खेतमा क्षेत्रीय कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन भैरहेको छ । दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा निर्वाचन क्षेत्र नम्बर १ को महेलकुना र २ को बाबियाचौरमा मतदान भइरहेको छ ।

निर्वाचनमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल समूह प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?