+
+

काठमाडौं महानगरमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप लगाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १८:२३

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन शुरू गरेको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले तोकेका अस्पतालहरु र महानगरका ३२ वटै वडामा गएर खोप लगाउन सकिने महानगरले जनाएको छ ।

काठमाडौं महानगरका अनुसार मंगलबारदेखि शुरू भएको खोप अभियानमा १८ वर्ष वा सोभन्दा माथि उमेर समूहका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिइने छ ।

बुधबारसम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलको पहिलो डोज लगाएर २१ दिन पुगेका व्यक्तिहरुलाई समेत भेरोसेलको दोस्रो डोज लगाउने व्यवस्था मिलाइएको छ ।

साथै कोभिशिल्ड-एस्ट्राजेनेकाको पहिलो डोज लगाएर ८ हप्ता पुरा गरेका नागरिकलाई समेत दोस्रो डोज लगाउने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

नेपाली नागरिकता वा आधिकारिक फोटोसहितको परिचयपत्र, विद्युतीय दर्ता गरेको नम्बरको फोटो वा प्रिन्ट र पहिलो खोप लगाएको कार्डका आधारमा खोप दिइने व्यवस्था मिलाइएको महानगरले जनाएको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?