काठमाडौं । स्पानिस क्लब रियल मड्रिड लगातार २५औं वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह डी अन्तर्गत बुधबार राति मोल्दोभोको एफसी सेरिफलाई ३-० ले राजित गर्दै रियल अन्तिम १६ मा पुगेको हो ।
रियललाई जित दिलाउन डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जिमाले गोल गरे ।
जितपछि समूह डी मा रियल पाँच खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ ।
यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २-० ले पराजित गरेको छ । यस जितपछि इन्टर पनि नकआउट चरणमा प्रवेश गरेको छ । इन्टर १० अंकसहित दोस्रो स्थानमा छ ।
सेरिफ र साख्तर समूह चरणबाटै बाहिरिएको छ ।
प्रतिक्रिया 4