
९ मंसिर, काठमाडौं । महानगरीय प्रहरी परिसरले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर थिमि नगरपालिका-१३ बस्ने ४४ वर्षीय रामभक्त श्रेष्ठ रहेका छन् ।
उनलाई महानगरीय प्रहरी परिसरको विशेष टोलीले नक्सालबाट बुधबार पक्राउ गरेको हो ।
रामभक्तले २०५९ साल पुस १५ गते विहान काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा बा२प ७३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामचन्द्र श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) निरन्जन दत्त भट्टले बताए ।
प्रतिक्रिया 4