+
+

कट्रिना र विक्कीले कोट म्यारिज गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते ११:४१

१० मंसिर, काठमाडौं । बलिउड नायिका कट्रिना कैफ र नायक विक्की कौशल डिसेम्बर महिनामा विवाह गर्ने तयारीमा छन् । उनीहरुले विवाहको आन्तरिक तयारी अगाडि बढाएपनि यो विषयमा औपचारिक रुपमा घोषणा भने गरेका छैनन् ।

सामाजिक परम्परा अनुसार विवाह गर्नुअघि कट्रिना र विक्कीले अदालतमा पुगेर कानूनी विवाह गर्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईले आउँदो साता ‘कोर्ट म्यारिज’ गर्न लागेका हुन् । कोर्ट म्यारिजपछि मात्र उनीहरुले परम्परागत विवाह गर्नेछन् ।

कट्रिना र विक्कीको विवाहमा बलिउडका केही कलाकार सहभागी हुने बताइएको छ । विवाहको तयारीका कारण कट्रिनाले चलचित्र ‘सूर्यवंशी’को सफलताको खुशी समेत आफ्ना प्रशंसकहरुमाझ साट्न पाएकी छैनन् ।

नायक रणवीर कपूरसँग ब्रेकअप भएपछि कट्रिना विक्कीसँग नजिक भएकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment