+
+

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम सातै प्रदेशमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १९:०६

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम (नबिल स्कुल अफ सोसियल इन्ट्रप्रेनरसीप–नबिल एएई) शुरु गरेको छ ।
समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम शुरु गरिएको बैंकले जनाएको छ ।

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबद्र्धन गर्ने उद्येश्यका साथ नबिल एसएसईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका स्कुल÷कलेज तथा विश्वविद्यालयसँग सम्झौता समेत गरिसकेको छ ।

बैंकका अनुसार प्रदेश १ को महेन्द्र मोराङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ को वीरगञ्ज पब्लिक कलेज, बागमतीको काम्पिएन कलेज, गण्डकीको फ्याकल्टि अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविघालय, लुम्बिनीको क्षितिज इन्टरनासनल कलेज, कर्णालीको सुर्खेत मोडल कलेज र सुदूरपश्चिमको सुदूर पश्चिमाञ्चल

यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्यगरी वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्ने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?