+

यौन शिक्षा भनेको यौन क्रियाकलाप होइन : मनोविद् करुणा कुँवर

२०७८ पुष  २ गते ११:४२ २०७८ पुष २ गते ११:४२
यौन शिक्षा भनेको यौन क्रियाकलाप होइन : मनोविद् करुणा कुँवर

१ मंसिर, काठमाडौं । हिजोआज शहरी भेगका मात्रै होइन ग्रामीण भेगका बालबालिका समेत इन्टरनेटको सोझो पहुँचमा छन् । भिडियो गेमको लत होस् या त अनलाइन अध्ययनको कारणले बालबालिकाहरुमा इन्टरनेटको पहुँच बढाएको छ । इन्टरनेटको असीमित पहुँचले जति सकारात्मक ज्ञानको पहुँच बढाएको छ, त्यति नै असर पनि पुर्‍याएको मनोविद्हरु बताउँछन् ।

बालबच्चाहरुले इन्टरनेटमा यौनजन्य सामग्रीको धेरै खोजी गर्ने चलन बढेको विभिन्न अध्ययनहरुले देखाएको छ । यसले बालबालिकाको मस्तिष्कमा गम्भीर असर पर्ने गरेको मनोविद्हरु बताउँछन् । मनोविद् करुणा कुँवरलाई हामीले यौनजन्य सामग्रीमा बालबालिकाको सोझो पहुँच हुँदा यसले समाजमा कस्तो असर गर्ने गर्छ ? भनेर सोधेका थियौं ।

अहिलेका बालबच्चामा इन्टरनेट लगायतका माध्यममा यौनजन्य सामग्रीको सोझो पहुँच पुगेको छ । यसले उनीहरुमा कस्तो प्रभाव पारेको होला ?

यो सरसर्ती हेर्दा सामान्य देखिएपनि जटिल विषय हो । इन्टरनेट आफैंले कहिल्यै पनि नराम्रो गर्दैन । तर विभिन्न कारणले इन्टरनेटमा खोजिने अनावश्यक विषयले बच्चाको मस्तिष्कमा नकारात्मक असर पुर्‍याउने गर्छ । यसले बालबच्चालाई मात्रै नभएर सिंगो समाजलाई नै गम्भीर असर गर्ने गरेको छ ।

करुणा कुँवर, मनोविद्

इन्टरनेटको प्रयोग ज्ञान प्राप्तिको लागि गर्दासम्म ठीक छ, मनोरञ्जनको लागि प्रयोग गर्दासम्म पनि ठीक छ । तर यसबाट बाहिर गएर जब बच्चाहरु यौनजन्य सामग्रीको खोजीमा लाग्छन्, त्यसपछि यो उनीहरुका लागि हानिकारक बन्न पुग्छ । इन्टरनेटको दुव्र्यसनीमा लागेका बच्चाको दिमागमा कोकिनले जस्तै असर गर्ने गरेको भेटिएको छ । यस्तो दुर्व्यसनीमा लागेकाहरु एकअर्काप्रति बढी आक्रामक देखिने गर्छन् । त्यसैले इन्टरनेट त्यतिबेलासम्म प्रयोग गर्नु राम्रो हुन्छ, जतिबेलासम्म त्यो हाम्रो लागि सहयोगी बन्छ । यस्तो दुव्र्यसनीले बच्चाहरुमा शारीरिक रुपमा चाहिनेभन्दा धेरै तौल बढ्ने, भावनात्मक रुपमा कमजोर हुने जस्ता समस्याहरु निम्तिने गर्छ ।

उनीहरुले यस्ता माध्यमबाट यौनसम्बन्धी जानकारी लिने वा यौन आशक्ति बढ्ने गरेको त छैन ?

यसबारेमा व्यवस्थित अध्ययन त भएको छैन । हरेक व्यक्तिका इच्छा फरक हुन्छन् । कोहीको इच्छा नयाँ कुरा खोज्नेमा हुन्छ, त कसैको यौन सम्बन्धी जानकारी खोज्ने बानी हुन्छ । यस्ता सामग्रीमा चासो बढ्दै जाँदा यसले दुव्र्यसनी पनि निम्त्याउँछ । त्यो खराब बानीले मान्छेमा आशक्ति बढाउँदै लैजान्छ ।

एकातिर खानपान र जलवायु परिवर्तनका कारण बच्चाहरुमा चाँडै यौन परिपक्वता बढिरहेको छ । अर्कोतिर उनीहरू सोझै यौनजन्य सामग्रीको पहुँचमा छन् । यसले उनीहरुमा यौन विकृतिको जोखिम कति बढाउला ?

यसमा जलवायु परिवर्तनको असर कति छ भन्ने त म भन्न सक्दिन । तर, प्राकृतिक रूपमा समयसँगै मान्छे परिपक्व हुँदै जानु स्वभाविक कुरा हो । आधुनिक प्रविधिको कारणले मान्छेमा नयाँ विधि, शैली र ढाँचाको विकास हुन्छ । यसले राम्रो मात्रै गर्दैन, विकृति पनि निम्त्याउँछ । जसको असर साइबर बुलिङ, यौन हिंसाजस्ता घटनाहरुबाट देख्ने गरिन्छ ।

अहिलेको अवस्थामा बालबच्चालाई यौन शिक्षाको आवश्यकता कति छ ?

अहिलेको समयमा बालबालिकामा यौन शिक्षाको आवश्यकता बढ्दै गएको छ । यौन शिक्षा भन्नेबित्तिकै यौन जीवन कस्तो हुनुपर्छ ? मान्छे यौनको लागि परिपक्व हुँदै गर्दा आइपर्ने झमेलाहरु के-कस्ता हुन्छन् ? यस्ता समस्याबाट बच्न के-कस्ता उपाय अपनाउन सकिन्छ ? भन्ने बारेमा आफ्ना बालबालिकालाई समयमा नै सिकाउनु जरुरी छ ।

कुन उमेरमा यौन शिक्षा दिनु उचित हुन्छ ?

जब मान्छे यौनको लागि परिपक्व बन्न थाल्छ । त्यसपछि बिस्तारै मान्छेमा यससम्बन्धी शिक्षाको आवश्यकता पर्छ । यौन शिक्षा भनेको यौन क्रियाकलाप होइन । यसमा प्रजनन्, मान्छेमा हुने यौन समस्याजस्ता विषय समेट्ने गरिन्छ ।

बालबच्चासँग कसरी यौनको कुरा गर्ने ?

भनिन्छ, सामान्यतया छोराछोरीहरु किशोरावस्थामा पुगेपछि आमाले छोरीसँग र बाबुले छोरासँग साथीको जस्तै व्यवहार गर्नुपर्छ । यौनको विषयमा छोराछोरीसँग कसरी प्रस्तुत हुने भन्ने कुरा आम समस्याको विषय हो । यौनको कुरा गर्दा लिंगअनुसार फरक व्यवहार हुन्छ । सामान्यतया ११-१२ वर्षको उमेरमा मान्छेमा धेरै परिवर्तन हुन्छ । त्यसैले उनीहरुसँग साथीको जस्तै व्यवहार गरेपछि उनीहरुले पनि आफ्नो समस्या सुनाउँछन् र त्यही अनुसार समाधानको उपाय खोजी गर्न सकिन्छ ।

बालबच्चालाई यौनका कुन-कुन पक्षको जानकारी हुनु जरुरी छ ?

विशेषगरी यौन दुर्व्यवहार के हो ? यौन स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा के-के हुन् ? मान्छे यौनमा कसरी परिपक्व बन्छ ? यौनसम्बन्धी कानूनी पाटो के-के हुन्छ ? छोरालाई महिलाप्रति कसरी जिम्मेवार बन्ने भन्ने कुरा सिकाउनु जरुरी छ ।

बालबालिका यौन शिक्षा
करुणा कुँवर
लेखक
करुणा कुँवर
मनोविज्ञ

क्रिटिलक इन्सिडेन्ट स्ट्रेस म्यानेजमेन्ट सेक्सन (सीआईएसएमएस) संयुक्त राष्ट्रसंघबाट प्रमाणित तनाव परामर्शदाता युनाइटेड नेसन असिस्टेन्स मिसन इन अफगानिस्तानमा स्टाफ काउन्सिलरका रुपमा आबद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बच्चालाई निद्रामा आउने ‘अटयाक’ले ज्यानसमेत जानसक्छ

बच्चालाई निद्रामा आउने ‘अटयाक’ले ज्यानसमेत जानसक्छ

अनुहारमा चमक ल्याउन कस्तो योगासन गर्ने ?

अनुहारमा चमक ल्याउन कस्तो योगासन गर्ने ?

पायल्सका बिरामीले के खाने, के नखाने ?

पायल्सका बिरामीले के खाने, के नखाने ?

बच्चालाई तातो पानी वा आगोले पोलेमा तुरुन्तै के गर्ने ?

बच्चालाई तातो पानी वा आगोले पोलेमा तुरुन्तै के गर्ने ?

कपाल रोपेपछि कस्तो साइड-इफेक्ट हुनसक्छ ?

कपाल रोपेपछि कस्तो साइड-इफेक्ट हुनसक्छ ?

मान्छेको मुख्य आहार माछामासु होइन, शाकाहार हो

मान्छेको मुख्य आहार माछामासु होइन, शाकाहार हो