१५ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंसिर २० गते तय भएको तेस्रो चरणको दुई खेल दुई दिन पछि सरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विज्ञप्ति निकाल्दै मंसिर २० गते सोमबार हुने भनिएको दुई खेल सरेको जनाएको छ ।
मंसिर २० हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब तथा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुने तालिका थियो । तर त्यस दिन दशरथ रंगशालामा अन्य कार्यक्रम रहेकाले मैदान उपलब्ध नहुँदा त्यस दिनको खेल सारिएको एन्फाले जनाएको छ ।
अब उक्त दुई खेल मंसिर २२ गते बुधबार हुने एन्फाले जनाएको छ ।
एन्फाले यस सिजन विकेण्ड मात्रमा लिगमा खेलहरु खेलाइरहेको छ । पहिलो र दोस्रो चरणका खेलहरु दशरथ रंगशालमै खेलाएको एन्फाले तेस्रो र चौथो चरणको खेल पनि दशरथ रंगशालमै गर्ने भएको हो ।
तेस्रो चरणको खेलहरु मंसिर १७ गते शुक्रबारदेखि सुरु हुनेछ
प्रतिक्रिया 4