१९ मंसिर, काठमाडौं । म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वाटफोर्डलाई ३-१ ले पराजित गर्दै सिटी शीर्ष स्थाननमा उक्लेको हो ।
सिटीको लागि बर्नानर्डो शिल्भाले दुई तथा रहिम स्ट्रलिङले एक गोल गरे ।
जितपछि सिटी १५ खेलबाट ३५ अंकसहित शीर्ष स्थानमा पुग्यो । चेल्सी पराजित भएपछि सिटीलाई फाइदा पुगेको हो ।
अर्को खेलमा लिभरपुलले वल्भ्सलाई १-० ले पराजित गर्यो । डिभोक ओरिगीले इन्जुरी टाइममा गोल गरेपछि लिभरपुलले जित हात पारेको हो ।
लिभरपुल १५ खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4