
२० मंसिर, भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले कौशल्टारबाट नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका-३ कौशल्टार कमलधारास्थित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१० घर भएका २९ वर्षीय भेष बहादुर भुजेलको टहरमा तास खेलिरहेको अवस्थामा भुजेल लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुको साथबाट ३४ हजार रुपैयाँ र १ बुक तास बरामद गरिएको छ भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4