+

हिमालयन शेर्पा पुलिससँग बराबरीमा रोकियो

२०७८ मंसिर  २२ गते १५:०७ २०७८ मंसिर २२ गते १५:०७
हिमालयन शेर्पा पुलिससँग बराबरीमा रोकियो

२२ मंसिर, काठमाडौं। हिमालयन शेर्पाले खेलको पहिलो मिनेटमै गोल गर्दै लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिससँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा हिमालयनका कप्तान विश्वास श्रेष्ठले गोल गरे भने पुलिसका लागि सुमन लामाले गोल गरे।

खेलको पहिलो मिनेटमा कप्तान विश्वास श्रेष्ठले गा्ल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए। भारतीय खेलाडी मोइनुद्दिनको पासमा विश्वासले खेल सुरु भएको ५३ सेकेण्डमा गोल गरेका थिए।

पहिलो हाफमा पुलिसले बराबरी गोल फर्काउने प्रयास गरेपनि हिमालयन श्रेर्पाले अग्रता कायमै राख्यो। दोस्रो हाफमा सुमन लामाले पुलिसमा लागि बराबरी गोल फर्काए।

हिमालयन शेर्पाका डिफेण्डर उलरिच सिवे ५७ औं मिनेटमा घाइते भएर मैदान बाहिर निस्केका थिए। उनी मैदान बाहिर रहेकै बेला ६०औं मिनेटमा सुमन लामाले रवि कुमार पासवानको पासमा गोल गर्दै खेल बराबरी गरे ।

उलरिचको स्थानमा अर्को खेलाडी मैदान पठाउन ढिलाई गर्दा हिमालयन शेर्पाले ठूलो मूल्य चुकाउनुपर्‍यो। अघिल्लो खेलमा जावलाखेल विरुद्ध जित हात पार्दा गोलगरेका सुमनले लगातार दोस्रो खेलमा गोल गरेका हुन्।

बराबरीपछि पुलिसले अपराजित यात्रा कायम राख्दै ३ खेलबाट ५ अंक जोडेको छ । पुलिसले पहिलो खेलमा आर्मीसंग बराबरी खेलेको थियो भने दोस्रो खेलमा जावलाखेललाई १-० ले पराजित गरेको थियो।

यस सिजन अझै जितविहीन रहेको शेर्पाको यो दोस्रो बराबरी हो। पहिलो खेलमा संकटासँग बराबरी खेलेको हिमालयन शेर्पा दोस्रो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो। शेर्पाको ३ खेलबाट २ अंक मात्र छ ।

नेपाल पुलिस हिमालयन शेर्पा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय