+
+

पुबुदु दसानायके दोस्रो पटक नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १३:२१

२५ मंसिर, काठमाडौं । पुबुदु दसानायके दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको बोर्ड मिटिङले शनिबार पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको क्यानले जनाएको छ ।

पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको थियो ।

गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो ।

क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । त्यसमध्ये क्यानडाका पुबुदुसँगै भारतका मोन्टी देसाइ प्रशिक्षकको होडमा अघि थिए ।

तर अन्तिममा क्यानले पुबुदुलाई नै फेरि नेपालको प्रशिक्षक चयन गरेको हो । नेपालले २०२२ को फेब्रुअरीमा टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । प्रशिक्षक पुबुदको पहिलो काम ग्लोबल छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?