+
+

नीता र हरिहर : एकसाथ काम गर्ने, प्रेम सम्बन्धबारे नबोल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १२:१७

१ पुस, काठमाडौं । ‘मलाई हरिहर अधिकारीजीले आफ्ना सबै पूर्व प्रेमिकाको विषयमा बताउनुभएको छ । मलाई उहाँको हरेक कुरा थाहा छ ।’ बिहीबार बेलुकी काठमाडौंको चिकेन स्टेसनमा भेटिएकी नायिका नीता ढुंगानाले आफ्ना नजिकका साथी हरिहर अधिकारीको विषयमा भनिन् ।

हरिहरले पनि नीताको विषयमा आफूलाई धेरै कुराको विषयमा जानकारी भएको बताए । हरिहर र नीता एकसाथ जोडिएको केही वर्ष भयो । यसपछि उनीहरु गहिरो प्रेममा रहेको चर्चा चलचित्र बजारमा नचलेको होइन । तर, नीता र हरिहरले भने एकअर्काको प्रेममा रहेको विषयमा मुख खोलेका छैनन् ।

हरिहर र नीता नयाँ चलचित्रको तयारीमा समेत छन् । हरिहर भन्छन्, ‘हामी चलचित्र बनाउने विषयमा पनि छलफलमा छौं । कुन चलचित्र पहिले बनाउने भन्ने विषयमा पक्का भइसकेको छैन ।’

हरिहरले एपीवान टीभीमा शुरु गरेको नयाँ टक शोको निर्देशक नीता नै हुन् । यो शोमा हरिहरले नीताको समेत अन्तरवार्ता गरेका छन् । नीता भन्छिन्, ‘शायद दर्शकका लागि यो भाग अझ विशेष हुनेछ ।’

हरिहर र नीता विवाहको तयारीमा समेत रहेको खबर सार्वजनिक नभएका होइनन् । बिहीबार पनि यो जोडीले प्रेमको प्रश्नलाई छल्ने कोशिश बारम्बार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?