+

जाडोमा च्यवनप्राश खाँदा के फाइदा ?

२०७८ पुष  ४ गते १२:५६ २०७८ पुष ४ गते १२:५६
जाडोमा च्यवनप्राश खाँदा के फाइदा ?

४ पुस, काठमाडौं । सानाठूला सबै मानिसका लागि पोषणयुक्त चीज हो, च्यवनप्राश । हाम्रो स्वास्थ्यको रोग प्रतिरोधी क्षमता बढाउन भूमिका खेल्ने च्यवनप्राश विभिन्न कम्पनीले उत्पादन गर्ने गरेका छन् । अहिले बजारमा बहुराष्ट्रिय कम्पनी डाबर, पतञ्जलि, मुल्तानी, जाभा जस्ता कम्पनीहरूले च्यवनप्राश उत्पादन र बिक्री वितरण गर्दै आएका छन् ।

ती कम्पनीमध्ये विभिन्न जडीबुटी, घिउ, तिलको तेल र मह मिश्रण गरेर बनाइने डाबर च्यवनप्राश यसमा अग्रणी मानिन्छ ।

आयुर्वेदमा च्यवनप्राशको महत्व बताइएको छ । बालबच्चादेखि बुढापाकासम्मलाई यो उपयोगी हुने बताइन्छ ।

च्यवनप्राशको मुख्य वस्तु अमला हो । ताजा अमला भिटामिन सीको एकदमै राम्रो स्रोत हो । यसलाई सुकाउँदा पनि भिटामिन सीको मात्रा कम हुँदैन । च्यवनप्राशमा औषधीय गुणले भरपूर लगभग ३६ तरहको जडीबुटी हुन्छ । केशर, नागकेशर, सुकुमेल, दालचिनी, मह, तजपत्ता, पुकरमूल, कमल गट्टा लगायतका जडिबुटी मिश्रण गरिएको हुन्छ ।

पौराणिक ग्रन्थहरुमा ‘च्यवनप्राश’लाई प्रभावकारी ओखतीको रुपमा व्याख्या गरिएको छ । यसमा विभिन्न जडिबुटीको मिश्रण हुने र त्यसले शरीरलाई निरोगी अनि जवान राख्न मद्दत गर्ने उल्लेख छ ।

च्यवनप्राशको खोज ‘च्यवन’ नामक ऋषिले गरेका थिए । यद्यपि कतिपयले भने च्यवनप्राशको खोज अश्विनीकुमारले गरेको बताउँछन् । पौराणिक कथन अनुसार अश्विनीकुमारले च्यवनप्राश बनाएर च्यवन ऋषिलाई खान दिएका थिए ।

च्वयनप्राशको फाइदा

च्यवनप्राश एक स्वास्थ्य टनिक हो, शरीरलाई निरोगी बनाइराख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुन्छ । ऋषि चरकका अनुसार च्यवनप्राश एक पूर्ण स्वास्थ्य सप्लिमेन्ट हो, जो रोगसँग लड्न वा रोकथामका लागि उपयोगी हुन्छ ।

च्यवनप्राशमा प्रशस्त मात्रामा भिटामिन सी हुन्छ र यो एक राम्रो एन्डिअक्सिडेन्ट हो । एन्टिअक्सिडेन्ट यस्तो पदार्थ हो, जो फ्रि रेडिकल्सका कारण कोषिकामा हुने हानीलाई रोक्न मद्दत गर्छ । प्राकृतिक रुपमा एन्टिअक्सिडेन्ट फल र सब्जीमा पाइन्छ । शरीरलाई जवान बनाइराख्न र कतिपय जटिल रोगको जोखिमबाट बचाउन मद्दत गर्छ ।

च्यवनप्राशमा यस्तो जडीबुटी अधिक मात्रामा पाइन्छ, जसले रक्त परिसंचरणमा सघाउ पुर्‍याउँछ । साथै शरीरका बिकार निकाल्न मद्दत गर्छ । यसका साथै अनिद्रा, स्मरणशक्ति, अल्जाइमर वा मस्तिष्कसँग सम्बन्धित रोगबाट बच्न पनि च्यवनप्राश फाइदाजनक हुन्छ ।

च्यवनप्राश कुन समय खाने ?

च्यवनप्राश खानका लागि उचित समय हो, बिहान । खासगरी बिहान खाली पेटमा च्यवनप्राश खानु उपयुक्त हुन्छ । स्वास्थ्य अनुसार यसलाई दिनमा दुई पटक सेवन गर्न सकिन्छ । अझ जाडो याममा च्यवनप्राश बढी प्रभावकारी हुन्छ ।

कसरी खाने ?

च्यवनप्राश अन्य खुराक झैं सामान्य रुपमा खान सकिन्छ । साथै दूधसँग मिश्रण गरेर पनि च्यवनप्राश खान सकिन्छ ।

कसरी थाहा पाउने असली च्यवनप्राश

त्यसो त बजारमा अनेकथरी च्यवनप्राश उपलब्ध छन् । यसमध्ये असली च्यवनप्राश पहिचान कसरी गर्ने ? सही च्यवनप्राशमा दालचिनी, सुकुमेलको बास्ना आउँछ । सामान्यतः च्यवनप्राशको स्वाद हल्का टर्रो हुन्छ । दालचिनीले यसको स्वाद गुलियो बनाउँछ ।

च्यवनप्राश रोग प्रतिरोधी क्षमता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय