५ पुस, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड रेलिगेसन जोनमा रहेको क्याडिजसँग गोलरहित बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमै बराबरी खेलेपछि रियलले दोस्रो स्थानको सेभियासंग अंक दूरी अझ बढाउने अवसर गुमायो ।
१८ खेलबाट ४३ अंकसहित रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको सेभियाको ३७ अंक छ । उता क्याडिज भने १८ खेलबाट १४ अंकसहित १९औं स्थानमा छ ।
तेस्रो स्थानको रियल बेटिस भने एथ्लेटिक विल्वाओसंग ३-२ ले पराजित भएको छ । बेटिसको १८ खेलबाट ३३ अंक छ । विल्बाओ १८ खेलबाट २४ अंक जोडेर नवौं स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4