+
+

सुनको मूल्य घट्यो चाँदीको बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते ११:०९

७ पुस, काठमाडौं । बुधबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको कारोबार मूल्य ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । मंगलबार ९२ हजार ५ सय रुपैयामा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक हजार दुई सय ३५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?