+
+

नागरिकता विधेयक संसद्‌मा पेश गर्न संसदीय समितिको आग्रह

प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले नागरिकतासम्बन्धी विधेयक संसद‌्मा पेश गर्न सरकारलाई आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १५:४४

८ पुस, काठमाडौं । प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले नागरिकतासम्बन्धी विधेयक संसद‌्मा पेश गर्न सरकारलाई आग्रह गरेको छ ।

बिहीबारको बैठकमा समिति सभापति कृष्णभक्त पोखरेलले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई नागरिकतासम्बन्धी विधेयक संसद बैठकमा पेश गर्न आग्रह गरेका हुन् ।

नागरिकतासम्बन्धी विधेययकमाथि छलफल गरी संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिले सुझावसहित संसदमा बुझाइसकेको छ । तर उक्त विधेयक संसद बैठकमा पेश गरिएको छैन ।

नागरिकता विधेयक पारित नहुँदा जन्मसिद्ध नेपाली नागरिकको सन्तानले नागरिकता पाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?