+
+

कांग्रेसको प्रदेश २ मा मतदान सकियो, राति ११ बजेदेखि मतगणना

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन सम्पन्न भएको छ । राति ११ बजेदेखि मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते २१:०६

८ पुस, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन सम्पन्न भएको छ । बिहान ९ बजे सुरु भएको निर्वाचन राति ८ बजे सम्पन्न भएको हो ।

निर्वाचनमा १,८८१ जना मतदाताले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । समितिका अधिकृत प्रल्हाद गौतमका अनुसार कुल १९५१ मतदाता थिए ।

कांग्रेस प्रदेश २ को नेतृत्वका लागि सभापति शेरबहादुर देउवा समुहबाट कृष्ण राय यादव र नेता बिमलेन्द्र निधि तथा शेखर काेइरालाकाे संयुक्त समुहबाट रामसराेज यादवले प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

राति ११ बजेदेखि मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?