+
+

युवा उद्यमीका लागि ‘उद्यमी नेतृत्व कार्यक्रम’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १३:४३

काठमाडौं । गैर नाफामूलक संस्था प्रोफेशनल्सले युवा उद्यमीहरूका लागि उद्यमी नेतृत्व कार्यक्रम (स्टार्ट-अपस्) आयोजना गरेको छ । कार्यक्रम होटल हायात रिजेन्सीमा शनिबार आयोजना गरिएको संस्थाका संस्थापक सीए  दीपक बन्सलले जानकारी दिए ।

कार्यक्रमको संयोजन अनुभवी व्यवसायिक सल्लाहकार र संगठनका सह-संस्थापक केएन मोदीले गरेका थिए ।

कार्यक्रममा अधिवक्ता रमण कर्णले व्यवसाय दर्ता र कानुनी पक्ष,  बीके अग्रवाल एण्ड कम्पनीका प्रमोद स्वर्णकरले लेखा र अनुपालनका विषयमा जानकारी गराएका थिए ।

निम्बस समूहका प्रदीप अग्रवालले व्यवसाय व्यवस्थापन, हाम्रो बजार भेन्चर्सका खुद्रा निर्देशक सुनील वशिष्टले ब्रान्डिङ र वितरण, फुल सर्कल हाउसकी सोनना अमात्यले उद्यम कौशल एवं नबिल बैंकका ज्ञानेन्द्र शाहले बैंकिङ एण्ड फाइनान्सका बारेमा प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?