+
+

शिवम् सिमेन्टद्वारा प्रदेश २ का निर्माणकर्मीलाई प्राविधिक परामर्श

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १६:३६

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले प्रदेश २ का निर्माणकर्मीलाई लक्षित गरी निर्माणसम्बन्धी प्राविधिक परामर्श कार्यक्रम सञ्चालन गरेको छ ।

प्रदेश २ अन्तर्गत विभिन्न जिल्लाका १२ स्थानमा आयोजित अन्तरक्रिया कार्यक्रममा १ हजार भन्दाबढी निर्माणकर्मीहरुको सहभागिता रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्माणसम्बन्धी प्राविधिक परामर्शसहित उनीहरुको जोखिम बहन बिमा कार्यक्रम समेत सम्पन्न गरेको कम्पनीको भनाइ छ ।

अन्र्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

योसँगै देशका विभिन्न स्थानहरुमा शिवम् सिमेन्टले २५ सय बढी निर्माणकर्मीहरुसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीहरुको रु ५ लाख बराबरको जोखिम बहन बिमा गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

मिर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका विभिन्न १२ स्थानमा १ हजार भन्दा बढी निर्माणकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको कम्पनीले बताएको छ ।

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी २५ सय बढी निर्माणकर्मीहरुसँग अन्तक्रिया तथा उनीहरुको जोखिम बिमा सम्पन्न गरी सकेको कम्पनीले बताएको छ ।

उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एवं अनुभवी प्राविधिकहरुले सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माणकर्मीहरुसँग प्राविधिक अन्तक्रिया तथा बिमा कार्यक्रम गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?