+
+

प्रचण्डलाई मात्रिका यादवको प्रश्न : छोड्छु भनेर धर पाइन्छ कमरेड ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १८:१४

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले पार्टीको नेतृत्व छोड्छु भनेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुख नपाउने बताएका छन् ।

आइतबार पार्टीको आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले प्रचण्डले क्रान्तिलाई बीचैमा छाडेर हिँड्न नमिल्ने टिप्पणी गरेका हुन् ।

‘अध्यक्षज्यूलाई पत्रकारले सोधेपछि, उहाँ पनि भन्नुहुन्छ मलाई त छोड्न मन थियो, आत्मकथा लेख्न मन थियो’ उनले भने, ‘यसो भनेर धर पाइन्छ ? पाइँदैन । क्रान्तिलाई बीच बाटोमा छाडेर कोही नेता गएको छ र ? अवसरवादी मात्र जान्छ ।’

युवालाई नेतृत्वमा ल्याउनुपर्छ भन्नु पुँजीवादी शैली भएको नेता यादवले बताए । ‘यो त पुँजीवादी शैली हो, स्थापित लिडरलाई पाखा लगाइदिने, केही नजान्नेलाई नेता बनाइदिने’ उनले भने । माओले पनि क्रान्तकारी त्यो हुन्छ, जो जीवनको अन्तिमसम्म लड्छ भनेको पनि नेता यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?