फाइल तस्वीर
१३ असार, काठमाडौं । आज प्रमुख दुई सडकहरु पूर्ण रुपमा अवरुद्ध छन् । काठमाडौं–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड मर्मतका बन्द गरिएको छ।
नेपाल प्रहरीले शनिबार सूचना जारी गर्दै उक्त सडकखण्ड अझै एक महिनासम्म बन्द हुने जनाएको छ ।
नेपाल प्रहरीले जारी गरेका सूचनामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ महालक्ष्मीमा सडक मर्मतको काम भइरहेको बताएको छ ।
प्रहरीका अनुसार १५ जेठबाट उक्त सडकखण्डमा आवागमन बन्द भएको थियो ।
यस्तै, बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेलबेँसी खण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ । बाढीको जोखिम भएकोले रोक लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4