+
+
Shares

डा. केसीले भेटे प्रधानमन्त्री देउवालाई

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १८:५३

१५ पुस, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न डा. केसी बिहीबार दिउँसो बालुवाटार पुगेका थिए ।

भेटमा डा. केसीले आफूले उठाउँदै आएको सात बुँदे माग प्रधानमन्त्री देउवा समक्ष राखेको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताए ।  प्रधानमन्त्री देउवाले डा. केसीले उठाउँदै आएका मागका बारेमा सम्बन्धित मन्त्रीलाई बोलाएर छलफल गर्ने आश्वासन दिएको सुवेदीले बताए ।

‘डा. केसीले उठाउनु भएको मागहरु एक–एक गरी छलफल भयो,’ सुवेदीले भने, ‘प्रधानमन्त्री देउवाले मन्त्रीहरुलाई बोलाएर सम्बन्धित मागबारे छलफल गर्ने कुरा भएको छ ।’

सुवेदीका अनुसार प्रधानमन्त्री देउवाले नै डा. केसीलाई भेट्नका लागि बालुवाटार बोलाएका थिए।

डा. केसीले गत आइतबार प्रेस विज्ञप्ति जारी गरी भ्रष्टाचारमा मुछिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई तत्काल बर्खास्त गरी न्यायिक छानबिन आयोग बनाएर छानबिन शुरु गर्न माग गरेका थिए ।

खगेन्द्र प्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट बर्खास्त गर्नुपर्ने, अवैध रुपमा अतिरिक्त शुल्क असुल्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेजी लगायत सात बुँदे माग अघि सारेका छन् । यसअघि आफूसँग सरकारले गरेका विभिन्न मागहरु समेत पुरा गर्नुपर्ने डा. केसीको माग गर्दै आएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?