+
+

गुल्मीमा सुन्तला खेतीमा कृषकको आकर्षण बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १६:२८

४ माघ, गुल्मी । पछिल्लो समय गुल्मीका युवाहरु सुन्तला खेती तर्फ आकर्षित हुन थालेका छन् । सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यसखेती तर्फ आकर्षित हुन थालेका हुन् ।

गुल्मीका युवाहरु सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछी गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडानम्बर–३ भाडगाँउका प्रदिप मरासिनीले विगत पाँच वर्ष देखी आफ्नो पुख्यौली पेशा सुन्तला खेती गर्दै आएका छन् ।

३५ रोपनी क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट वार्षीक ५५ देखि ७० क्विन्टल सुन्तला उत्पादन हुने गर्दछन् । उत्पादित सुन्तला बजारीकरणको कुनै समस्या नरहेपनि नयाँ-नयाँ रोगका कारण सुन्तला खेतीमा चुनौती देखीएको प्रदिप मरासिनीको भनाई छ ।

उनको बगैचामा अहिले २६० बोट सुन्तलाले उत्पदान दिइहरेका छन् । आफ्नै माटोमा पसिना बगाएर राम्रो आम्दानी गर्दे आएका मरासिनीले विदेश गएपनि त्यहाँ सिकेका सीप र कमाएको पैसा उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

सरकारले पनि किसानको लागि विभिन्न कार्यक्रम ल्याएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

गुल्मीमा सुन्तला उत्पादन बढ्यो

गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा १२.४ प्रतिशत उत्पादनमा वृद्धि भएको हो । पछिल्लो समय गुल्मीका युवाहरु सुन्तला खेती तर्फ आकर्षित हुन थालेपछी गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

गुल्मी जिल्लामा यसवर्ष पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष पाँच हजार दुई सय ७९ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
गत वर्ष चार सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन गरिएको थियो भने अहिले पाँच सय ३९ हेक्टरमा सुन्तला उत्पादन गरिएको भण्डारीले बताए ।

उत्पादकत्व गत वर्ष १०.७५ मेट्रिक टन र यो वर्ष ११.२० मेट्रिक टन उत्पादकत्व रहेको छ । यो वर्ष उत्पादन बढ्नुमा उत्पादन क्षेत्रफलमा वृद्धि, फल पातलो भएपनि फलको आकार ठूलो भएको, बगैचा व्यावस्थापनमा सचेतना बढ्नु, मौसम अनुकुल हुनु र फल्ने बोटको संख्यामा वृद्धि भएको भण्डारीले बताए ।

अहिले करिव १० करोड ८० लाख सुन्तलाबाट आम्दानी हुने अनुमान गरिएको छ । जिल्लाका सबै स्थानमा सुन्तला खेती गरिएको छ ।

तर, उत्पादनको हिसावले पकेट क्षेत्र निर्धारण गरिएको छ । मुसिकोटको ददल्का, सत्यवतिको लिम्घा, भार्से र ठूलो लुम्पेक, कालिगण्डकीको अर्वेनी, जयखानी, छत्रकोटको हुँगा, श्रृंगा, लुम्छा र हर्दिनेटा सुन्तला पकेट क्षेत्र हुन् ।

गुल्मी दरवारको गौडाकोट, जुभुंग, रेसुंगा नगरपालिकाको भाडगाउँ, अर्खले, भुवनपानी, बालकाटे, धुर्कोटको पिपलधारा, नयाँगाउँ, हाडहाडे, रजस्थल, बस्तु, मदानेको भनभने, पुर्कोटदह पकेट क्षेत्र रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?