१२ माघ, पोखरा । कर्मचारीमा कोरोना संक्रमण देखिँदै गएपछि पोखरा महानगरले अत्यावश्यकबाहेकका सेवा माघ १६ गतेसम्मका लागि बन्द गरेको छ।
महानगरले बुधबार एक सूचना जारी गरी सरसफाइ, स्वास्थ्यलगायत अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको जानकारी दिएको हो ।
यसअघि नै जिल्ला प्रशासन कार्यालय कास्कीले कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चित कालका लागि बन्द गरिसकेको छ ।
कोरोना महामारीको तेस्रो लहरमा कास्की रेडजोनमा छ । मंगलबारसम्म कास्कीमा ३ शजार २५० सक्रिय संक्रमित छन् । जसमध्ये ८० प्रतिशतभन्दा बढी पोखरा महानगरका मात्रै छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका सक्रिय संक्रमितमध्ये १ सय ५५ जना स्वास्थ्यकर्मी छन् ।
हेर्नुस पोखरा महानगरको सूचना

                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4