+
+

माधव नारायण व्रत : सडकमा गुल्टिंदै नगर परिक्रमा

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ माघ १४ गते १७:५४

१४ माघ, काठमाडौं । भक्तपुरमा शीतला एकादशीको अवसर पारेर माधव नारायणका व्रतालुले नगर परिक्रमा गरेका छन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने माधव नारायण मेलामा व्रतालुहरु बाटोमा पल्टिमार्दै नगर परिक्रमा गर्छन् । यसैक्रममा भक्तपुरका टौमढी, गोलमढी, दत्तात्रय लगायतका क्षेत्र हुँदै व्रतालुहरु हनुमानघाट पुगेका हुन् ।

जाडोको बेलामा नांगो शरीरमै गर्नुपर्ने यो विधि कठोर मानिन्छ । पुरुष व्रतालुलाई जाडोमा राहत मिलोस् भनेर ठाउँ–ठाउँमा आगो बालेर स्थानीयले सघाएका थिए ।

भक्तपुरको हनुमानघाट प्रसिद्ध तीर्थस्थल हो । यहाँ साँखुको शालीनदीमा जस्तै माधव नारायण मेला लाग्छ । नेपाल संवत् ७२२ देखि प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माघ धलं (माधव नारायण)को व्रत चलिआएको स्थानीय बताउँछन् ।

त्यही एक महिने अबधिमा माघ शुक्लपक्षको एकादशीका दिन पुरुष ब्रतालुहरुले तौमढीस्थित तिलमाधव नारायण दर्शन गरी सो स्थानदेखि बाटोमा गुल्टिंदै र शंख फुक्दै हनुमानघाटको त्रिवेणीसम्म पुगेर जलासयमा बस्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?