+
+

लागूऔषध गाँजासहित पर्साबाट चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १४:५२

१४ माघ,पर्सा । पर्सा प्रहरीले लागूऔषध गाँजासिहत चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहुदरमाइ नगरपालिका-९ का विश्रामपुरका ६० वर्षीय गणेश साह कलवार, बहुदरमाइकै ३४ वर्षीय सन्तोष साह कलवार, सखुवाप्रसौनी गाउँपालिका-१ का ३५ वर्षीय सुरेश दास र भारत विहार मोतिहारीका ४२ वर्षीय दसाही दास रहेका छन् ।

विशेष सूचनाको आधारमा पर्सा प्रहरीले गणेश साह कलवारको घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले गणेश साह र सन्तोष साह कलवारबाट ७४/७४ केजी तथा सुरेस दास र दसाही दासबाट ७/७ केजी लागू औषध गाँजा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि इलाका प्रहरी कार्यालय पोखरियाबाट लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?