+
+

मधेश प्रदेशको स्थायी संरचना निर्माण गर्न जग्गा खोजी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते २१:११

१८ माघ, जनकपुरधाम । नाम र प्रदेशको राजधानी टुंगो लागेपछि मधेश प्रदेश सरकारले आफ्नो स्थायी संरचना बनाउन जग्गा खोजी गरेको छ ।

प्रदेशको प्रशासनिक भवन, मुख्यमन्त्री र मन्त्रीहरुको निवास, प्रदेश सभा सचिवालय निर्माणका लागि जग्गा खोजी गर्न अध्ययन समिति गठन गरिएको अर्थ मन्त्री शैलेन्द्र साहले बताए ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

समितिले राजधानी तोकिएको ठाउँहरुमा गएर जग्गाको बारेमा अध्ययन गर्नेछ । उत्तरमा धनुषाको ढल्केबर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमासहित जनकपुरधाम राजधानी तोकिएको छ ।

मन्त्री साहले तोकिएको ठाउँभित्रै जग्गा खोजेर स्थायी संरचना निर्माण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?