+
+

भारतले पाँचौ पटक जित्यो आईसीसी यू-१९ विश्वकपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते ७:२९

२३ माघ, काठमाडौं । भारतले पाँचौ पटक आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । वेष्ट इन्डिजमा सम्पन्न प्रतियोगिताको शनिबार राति भएको फाइनलमा भारतले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

भारतले यसअघि सन् २०००, २००८, २०१२ र २०१८ मा पनि उपाधि जितेको थियो ।

एन्टिगुवास्थित सर भिभियन रिचर्ड स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १९० रनको लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

भारतका लागि साइक रसिक र निशान्त सिन्धुले अर्धशतक प्रहार गरे । रसिकले ८४ बल खेल्दै ६ चौका मद्दतमा ५० रन बनाए । यस्तै निशान्त सिन्धुले ५४ बल खेल्दै पाँच चौका र एक छक्का मद्दतमा अविजित ५० रन जोडे ।

म्यान अफ दि फाइनल बनेका राज बावाले ३५ रन योगदान गरे । उनले बलिङमा पाँच विकेट लिएका थिए । दिनेश बाना १३ रनमा अविजित रहे ।

इंग्ल्याण्डका जोसुअ बोएडेन, जेम्स सिल्स र थोमस अस्पिनवालले दुई/दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्याण्डले ४४.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो । इंग्ल्याण्डका लागि जेम्स रेवले सर्वाधिक ९५ रन बनाए । यस्तै जेम्स सिल्स ३४ रनमा अविजित रहे ।

इंग्ल्याण्डलाई अलआउट गर्न भारतका राज बावाले ९.५ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ५ विकेट लिए । यस्तै रवि कुमारले ९ ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?