News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय स्पिनर मानव सुथरले १० विकेट लिएपछि भारतले श्रीलंकासँगको पहिलो टेस्ट १६५ रनले जित्यो।
- भारतले पहिलो इनिङमा ४६२ रन बनाएपछि श्रीलंका २८४ रनमा अलआउट भयो र भारतले १७८ रनको अग्रता लिएको थियो।
- सुथरले पहिलो इनिङमा ४ विकेट र दोस्रो इनिङमा ६ विकेट लिए, जबकि श्रीलंकाका सोनाल दिनुषाले डेब्यु शतक बनाए।
३ भदौ, काठमाडौं । भारतीय स्पीनर मानव सुथरले १० विकेट लिएपछि भारतले श्रीलंकासँगको पहिलो टेस्टमा शानदार जित हासिल गरेको छ ।
पाँचौं दिन दोस्रो सेसनमा श्रीलंकालाई २०६ रनमा अलआउट गर्दै भारत १६५ रनले विजयी भएको हो ।
भारतले पहिलो इनिङमा ४६२ रन बनाएपछि श्रीलंका २८४ रनमै अलआउट भएको थियो । त्यसपछि भारतले दोस्रो इनिङमा १९३ रन बनाएर श्रीलंकासामु ३७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
श्रीलंकाको पहिलो इनिङ ध्वस्त पार्ने क्रममा सुथरले २१.४ ओभरमा ७६ रन खर्चिएर चार विकेट लिए । उनलाई रविन्द्र जडेजाले तीन विकेट लिएर राम्रो साथ दिए । सुथर र जडेजाले मिलेर श्रीलंकाका सात विकेट लिएपछि भारतले १७८ रनको महत्वपूर्ण पहिलो इनिङ अग्रता बनाएको थियो ।
२४ वर्षीय सुथरले टेस्ट करियरको पहिलो बलमै विकेट लिँदै आफ्नो डेब्यू सम्झनलायक बनाएका थिए । उनले श्रीलंकाका रविन्दु रसनथा, धनञ्जय डी सिल्भा लगायतका ब्याटरलाई आउट गर्दै भारतको पकड बलियो बनाए । पहिलो इनिङमा उनले ७४ वटा ‘बिग टर्न’ डेलिभरी गराएका थिए, जुन भारतका अनुभवी स्पिनर जडेजा र कुलदीप यादवभन्दा बढी थियो ।
श्रीलंकाको पहिलो इनिङमा सोनाल दिनुषाले डेब्यु शतक प्रहार गर्दै टोलीको इनिङ सम्हालेका थिए । निरोशन डिकवेलाले पनि ८० रन बनाए । उनीहरूको प्रदर्शनका कारण श्रीलंका २८४ रनसम्म पुग्न सफल भएको थियो ।
दोस्रो इनिङमा सुथरले अझ उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिए । उनले २३.४ ओभरमा ५५ रन खर्चिएर ६ विकेट लिए । प्रसिध कृष्णाले २ तथा मोहम्मद सिराज र रविन्द्र जडेजाले एक-एक विकेट लिए ।
यसअघि सुथारले अफगानिस्तानविरुद्धको डेब्यू टेस्टमै ६/३३ र १/२९ को प्रदर्शन गर्दै सात विकेट लिएका थिए । उक्त खेलमा भारतले इनिङ्स र ३०० रनको फराकिलो जित निकालेको थियो र सुथर प्लेयर अफ द म्याच बनेका थिए ।
राजस्थानका बायाँहाते अर्थोडक्स स्पिनर सुथरले घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेपछि भारतीय टेस्ट टोलीमा स्थान बनाएका हुन् । उनले ३२ प्रथम श्रेणी खेलमा १४७ विकेट लिइसकेका छन् र आठपटक पाँच विकेट लिएका छन् ।
यो जितपछि भारतले विश्व टेस्ट च्याम्पियनसिपमा १२ अंक जोडेको छ ।
प्रतिक्रिया 4