+

जिरुडले २ मिनेटमा २ गोल गरेपछि एसी मिलानको पुनरागमन जित

२०७८ माघ  २३ गते ७:४३ २०७८ माघ २३ गते ७:४३
जिरुडले २ मिनेटमा २ गोल गरेपछि एसी मिलानको पुनरागमन जित

२३ माघ, काठमाडौं । ओलिभर जिरुडले दोस्रो हाफको अन्त्यतिर तीन मिनेटमा दुई गोल गरेपछि सिरी ए को मिलान डर्बीमा एसी मिलानले इन्टर मिलानलाई २-१ ले पारजित गरेको छ ।

सान सिरोमा भएको खेलमा जिरुडले ७५औं र ७८औं मिनेटमा गोल गरेपछि एसी मिलानले एक गोलले पछि परेको स्थिति उल्टाएर महत्वपूर्ण जित हात पारेको हो ।

त्यसअघि इभान पेरिसिकले ३८औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर दवस्रो हाफमा इन्टरले अग्रता कायम गर्न सकेन ।

खेलको अन्तिम समयमा एसी मिलानका थियो हर्नान्डेजले रातो कार्ड पाएका थिए ।

इन्टरलाई हराएपछि २४ खेलबाट ५२ अंक जोड्दै एसी मिलान दोस्रो स्थानमा उक्लेको छ र शीर्ष स्थानको इन्टरसंग अंकदूरी १ मा झारेको छ । २३ खेल खेलेको इन्टरको ५३ अंक छ ।

एसी मिलान ओलिभर जिरुड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय