+
+

कृपा पौडेलले जितिन् ‘सारेगमप लिटिल च्याम्स’को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते ११:२६

२३ माघ, काठमाडौं । गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनको उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार फाइनल प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बनेकी हुन् ।

विजेता बनेसँगै उनले ट्रफीसँगै नगद १५ लाख रुपैयाँ प्राप्त गरेकी छन् । दर्शकहरुको भोटिङको आधारमा उनी विजेता घोषित भएकी हुन् ।

त्यस्तै, झापा मेचीनगरकी रोशा फुयाँल फस्ट रनरअप भइन् भने भारत सिलगुडीका आदित्य विश्वकर्मा सेकेन्ड रनरअप भए । रोशाले ट्रफीसहित तीन लाख र आदित्यले दुई लाख रुपैयाँ प्राप्त गरे । कृपा पौडेल, रोशा फुयाँल, आदित्य विश्वकर्मासँगै पर्वतका अरुण सुनार र भक्तपुरकी अभिज्ञा घिमिरे फाइनलमा पुगेका थिए ।

कार्यक्रमका अन्तिम पाँच प्रतिस्पर्धीलाई गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वल्र्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था मिलाउने आयोजकले जनाएको छ । ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारण भएको रियालिटी शोको निर्णायकमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका थिए । त्यस्तै १५ जना गायक–गायिका ग्राण्ड जुरीको भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?